बंगलादेशले भूकम्पपीडितलाई दिएको उसिना मोटो चामल जुम्लामा बिक्री

माघ १५ दैलेख,बंगलादेश सरकारले भूकम्पपीडितलाई दिएको बंगलादेशको उसिना मोटो चामल जुम्लामा बिक्री भइरहेको पाईएको छ । बंगलादेशको उसिना मोटो चामल मंसिर १६ गतेपछि जुम्लामा चार हजार दुई सय ७८ क्विन्टल भित्रिएको बताईएको छ । खाद्य संस्थानबाट बिक्री हुने चामलको मूल्य घटेपछि जुम्लाका स्थानीयले अहिले धमाधम खरिद गरिरहेका छन्।

कर्णालीमा अनुदानको चामलको मूल्य घटाएपछि उपभोक्ताले बजारभन्दा खाद्य संस्थानबाट चामल खरिद गरेका हुन्। मूल्य घटेपछि नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा तीन हजार आठ सय क्विन्टल अनुदानको चामल बिक्री गरेको छ।

नेपाल सरकारले गत मंसीर १६ गतेदेखि कर्णालीमा चामलको मूल्य घटाइ खाद्य संस्थानमार्फत अनुदानको चामल बिक्री गर्न सुरु गरेपछि कार्यालयमा स्टक रहेको चामलसमेत बिक्री भएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *