प्रधानमन्त्रीको हातबाट टिका लगाउन चाहनेले ४ बजे पछि लगाउन पाउने

काठमाडौं १४ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुरुको हातबाट दशैंको टीका लगाएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले बालुवाटारस्थित निवासमा ११ बजेर ५५ मिनेटको साइतमा गुरुको हातबाट टीका लगाउने उनको सचिवालयले जनाएको छ । गुरुको हातबाट टीका लगाइसकेपछि दुई बजे राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवास जाने कार्यक्रम तय भएको छ ।

त्यसअघि उनले आफन्तजनसँग भेटघाट गरेर रमाइलो गर्नेछन् । शितल निवासबाट फर्किएपछि अपरान्ह ४ बजे बालुवाटारमा पार्टीका नेता-कार्यकर्ताहरुलाई देउवाले टीका लगाइदिने कार्यक्रम छ । प्रधानमन्त्रीको हातबाट टीका लगाउन कोही इच्छुक भए चार बजेपछिको समय छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *