टिकाको साईत ११ बजेर ५५ मिनेट

काठमाडौ १३ असोज -नेपाल पञ्चाङ्ग निर्णायक समितिले शनिबार बिहान ७ बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्रा गराउने साइत रहेको जनाएको छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा साथै ११ बजेर ५५ मिनेटपछि टीका लगाउन उत्तम साइत रहेको जनाएको छ ।

गएको असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ भएको थियो । त्यसदिन बिहान घटस्थापना गरिएको थियो । त्यसैगरी ९ गते सोमबार पचली भैरव यात्रा गरियो ।

११ गते बुधबार दसैँ घर वा कोठामा फूलपाती भित्र्याइयो । फूलपातीका दिन नै तुलजा भवानी यात्रा गरिएको थियो । फूलपातीकै दिन बिहान तुलजा भवानीलाई स्थिरासन गराइएको छ । यस्तै बिहीबार महाअष्टमीमा राति कालरात्रि पूजा गरियो । आज शुक्रबार महानवमीको पूजा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *