पिकअप भ्यानको ठक्करबाट विर्तामोडमा दुईजनाको मृत्यु

पौष २२ झापा, झापाको बिर्तामोड २ स्थित घाग्रापुल छेउमा बिहिबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे.१ च. ३११५ नम्वरको मिनी पिकअपले विपरित दिशाबाट आउदै गरेको मे.३ प ४७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महाभारा ७ का २५ वर्षिय अरुण राजवंशी र महाभारा ७ कै २९ बर्षिय लोकचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुको बिर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप भयानलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *