घटनामा साना हतियारको प्रयोग

पौष २२ काठमाडौ,रूपन्देहीमा भएका बिभिन्न घटनामा साना हतियारको प्रयोग भएको पाइएको छ । तिवारी हत्या होस् वा खिमानन्द काफ्लेको हत्या । यसरी भएका धेरै घटनामा सबै साना हतियार प्रयोग भएको पाइन्छ । जसका कारण रूपन्देहीमा पछिल्लो समय साना हतियारको ओसारपसारमा समेत ब्यापकता पाएको देखिन्छ ।

गत साल असार १७ गते बुटवलको सुख्खानगरबाट ४ वटा पेस्तोल, ३ राउन्ड गोली सहित ४ जना पक्राउ परे । होटलमा सुतिरहेको अवस्थामा बुटवलको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भयो । प्रहरीका अनुसार होटलमा बसेर बिभिन्न संघसंस्था ब्यक्तिलाई लुटपाट गर्ने योजना बनाईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । जसमा २ वटा अटोमेटीक अमेरिकन पेस्तोल थिए भने २ वटा कटुवा पेस्तोल भेटीएको थियो । पक्राउ परेका उनीहरूले रूपन्देही लगाएत बिभिन्न ठाउँमा हतियार देखाएर लुटपाट र्गदै आएका थिए । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालीका १० बस्ने खिमानन्द काफ्लेको साँझ घरमा खाना बनाइ रहेको अवस्थामा काम छ भन्दै बोलाएर गोलीहानी हत्या भएको हो काफ्लेको हत्यामा पनि सानो हतियार पेस्तोल प्रयोग भएको देखिन्छ ।

हत्या अभियोगमा पक्राउ परेकाबाट २ वटा  पेस्तोल, ८ राउन्ड गोली फेला परेको थियो । त्यस्तै देवदह नगरपालीका खैरेनीमा बिहान ९ बजेको समयमा पुल खेलीरहेका नारायण खड्का माथि गोली प्रहार, गोली लागि नारायण खड्का घाईते भएका थिए । उनको खुट्टामा गोली लागेको थियो । यो घटनामा पनी सानाहतियारको प्रयोग भएको प्रहरीको भनाई छ । बुटवलको रामनगरमा एक ब्यक्तिको घरमा कटुवा पेस्तोल फेला प¥यो तर ती हतियार कस्ले किन ल्याएको भन्नेबारे प्रहरीले समेत छुट्टाउन सकेन । त्यस्तै बुटवलको हाटबजारमा डेरा गरी बस्ने एक महिलाको घरमा पेस्तोल फेला प¥यो त्यो हतियार के प्रयोजनका लागि भन्ने नखुल्दा प्रहरीले सुराकि दिनेलाई समेत केही समेत थुनेको थियो । त्यस्तै उद्योगी कुलचन्द्र न्यौपाने माथी साँझ घरको बाहीर बसिरहेको अवस्थामा गोली प्रहार भयो तर गोली लाग्नबाट जोगीएका न्यौपानेलाई के कारणले गोली हानिएको हो भन्नेमा प्रहरीले घटनाको सत्य तथ्य बाहीर ल्याउन सकेको छैन ।

घटना भएको केही बेरमा प्रहरी चौकीले गरेको सर्च अप्रेसनमा एक जनालाई हतियार सहीत पक्राउ गर्न सफल भएको छ । तर न्यौपानेको घटनामा सँलग्न नभएको ब्यक्ति पक्राउ पर्नुले थप आशंका उब्जिएको छ । त्यस्तै युवा सँघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । मुख्य बजार नजिकै मोटरसाईकलमा हिँडिरहेको अवस्थामा पनि माथि गोली प्रहार भएको थियो । यो घटनामा पनि सानो हतियारले नजिकबाट प्रहार गरेको देखिन्छ । यसरी घटनालाई केलाउँदा रूपन्देहीमा साना हतियारको प्रयोग बढ्दो चुनौतिपूर्ण देखिन्छ । खुल्ला सिमानाका नै मुख्य कारण भएको भनिएपनि सिलसिलेबार घटनामा साना हतियारको प्रयो हुनुले रूपन्देहीमा साना हतियार प्रयोग गर्ने अपराधिक समूहबीच होडबाजीनै चलेको देखिन्छ । यसबारे जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र धानुकले अहीले भैरहेका घटनामा सानाहतियार प्रयोग भएको बताए । तराईमा भागमा बोडर खुल्ला हुँदा यो समस्या आईरहेको भन्दै अहिले प्रहरीले यस्ता गतिबीधि रोक्न बिभिन्न प्रहरी इन्टेलिजेन्ट परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *