नेपाल प्रहरीको साउन महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न

१९ भदौ, काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको साउन महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तथ्याङ्क तथा तथ्यहरुको विश्लेषण गर्दा गत साउन महिनामा जघन्य अपराधमा कमी आएको चर्चा गर्दै संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिका विरुद्ध हुने अपराध एवम् जबरजस्ती करणी लगायतका अपराधहरु नियन्त्रण गर्न विशेष चनाखो भई कार्यसम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

लागूऔषध कारोबारमा संलग्न पक्राउ तथा लागूऔषध बरामद सम्बन्धमा प्रहरीले उल्लेखनीय कार्य गरेको बताउँदै उहाँले लागूऔषधको मागलाई नियन्त्रण गर्न समुदायलाई थप परिचालित गर्नुपर्नेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो ।

पीडितले समयमै न्यायको आभाष गर्न नसकेको अवस्थामा प्रहरीप्रतिको संस्थागत विश्वास कम हुँदै जाने भएकोले त्यसप्रति संवेदनशील भई कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अभियोजन कर्ता प्रहरी र अदालतवीच संस्थागत र संरचनागत समन्वयलाई अझ प्रभावकारी बनाई पेन्डिङ मुद्दाहरुको सफल अनुसन्धान गर्नेतर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो ।

फरार अपराधी पक्राउ सम्बन्धी थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले ट्राफिक व्यवास्थापनलाई अझै सुदृढ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड(१९ को नियन्त्रणमा तथा विपद्को अवस्थामा प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आउँदा दिनहरुमा समेत थप सजगता अपनाई काम कारवाही गर्न उपस्थित सबै प्रदेश प्रहरी प्रमुख तथा प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।

समीक्षा कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानवस्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानवअधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वयमा प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे साउन महिनामा सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन

नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सुचित गरिएको छ ।
उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटबाट प्राप्त गर्न सकिने छ ।

तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत ५ हजार ४ सय ८० जनालाई मास्क वितरण

कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ८० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ८३ हजार ७ सय ८९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई २ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८ सय ३६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ८१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय १० जनालाई सचेत गराइएको छ ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय १६ जनाको मृत्यु

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा १ सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्दार गरि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन् । ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ हजार ३ सय ४५ वटा विपद्काम घटनाबाट १ हजार २ सय ६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *