नेपाली नारी समाज, पोर्चुगल द्वारा राहत वितरण

रौतहट १५ भदौ
बौद्धि माई नगरपालिका हाल वडा २ इनर्वा टोलका बाढीपीडित दलित परिवारलाई राहत वितरण गरिएको छ । महाविनासकारी ठूलो बाढीको चपेटाबाट डुबानमा परेका पीडित बौद्धि माई नगरपालिका हाल २ साविक (गाविस) इनर्वा टोलका बाढी प्रभावित बस्तीका दलित समुदाय लाई राहत सामाग्री वितरण गरिएको छ ।

सयौं घर परिवारलाई घर बिहिन भएको खाद्यान्न, लत्ताकपडा, अन्य सामाग्रीहरू पुरै नष्ट हुदा पनि नेपाल सरकारको राहत वा गैरसरकारी संघ संस्थाले स्थानीय राजनीति कर्मीहरूको नामावली प्राप्त आधार, र इसारामा पार्टीगत व्यक्तिहरू लाई राहत वितरण गरि वास्तविक दलित, गरिब, असहाय, अपांग, एकल महिल लाई बैचित गरिएको बाढीपीडितले गुनासो गुनासो हिजो पोख्दा नेपाली नारी समाज, पोर्चुगलसँग स्थानीय सहयोगी लायन्स क्लब अफ रौतहट भिजनका नेपालका अध्यक्ष पवन न्यौपानेको अगुवाइमा ४० परिवारलाई राहत उपलब्ध गराएको छ ।

सोही क्रममा परोहा नगरपालिका साविक बसन्तपट्टी वडा नं ९ नुनिया टोल हुलाकी राजमार्ग सडकको पेटीमा छाप्रोको घर बनाइ पूर्ण सुकुम्बासीहरू जसलाई हाल सम्म कुनै संस्था वा सरकारी राहत नपाएको ९० वर्षीय एकल बृद्ध महिला इनर बतीया देवी नुनियालाई स्वास्थ राम्रो नरहेकोले उपचारका लागि केही आर्थिक रकम लगायत २० जना दलित बस्तीका बाढीपीडित समेत लाई सो राहत वितरण गरिएको छ ।

बाढीपिडीत परिवारजनको लागि देशमा नहुदा पनि बिदेशमा नेपाली दिदीबहिनीहरू बस्दै आइरहेकी उनीहरूले नेपाली नारी समाज, पोर्चुगल नामक संस्था द्वारा बढी नभए थोरै भएपनि सेवा गर्न मौका पाएकोमा दातृ निकायले खुशी महशुस गर्नुभएकी छिन ।

सदरमुकाम गौरबाट लगभग ५० देखि ६५ किलोमिटर ग्रामीण भेग भित्र रहेकोले सडक ठाउँ ठाउँमा बाढीले भत्काएको वा दूरी भएकै कारण यो ठाउँमा सरकारी र गैरसरकारी संघ संस्था वा सरकारको राहत राम्रोसँग पीडित परिवारहरूले नपाएको जतिसुकै राहत लिएर रौतहटको बाढीपीडित परिवारलाई सहयोग गर्न आउनु भएको दातृ सबै निकायहरूले गौर न.पा, गरूडा न.पा. छेउछाउमा रहेको गाउँ जहा जानको लागि pcc, कालोपत्र सजिलो सडक जानमा कुनै अप्ठ्यारो हुदैन भने त्यस्तै ठाउँमा राहत बाड्न फटाफट गईरहेको तर यस्तो बिकट ग्रामीण भेगमा सबै आउन चाहिदैन स्थानीय पीडितहरूले बताएका छन ।

घर परिवार बाढीपीडित गरि ६० जनालाई राहत स्वरूप चामल २५ के.जी, दाल १ के.जी, मस्यौरा ५०० ग्राम, तेल १ के.जी, झुल १ थान, चिउरा २ के.जी, बलैकेट १ थान, अालु २ के.जी, बाल्टिन १ थान, मग १ थान र नमक १ के.जी समेत राहत वितरण गरिएको थियो ।

सहजकर्ता राहत वितरण तथा वास्तविक बाढीपीडित सम्म पुर्‍याउनमा सक्रिय भुमिका निर्वाह गरिदै आएका युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहट तथा मधेश प्रदेश अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलले सो सामाग्रीहरू बाढीपीडित ठाउँमा लगेर सामुहिक रूपमा वितरण गरेकाे छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *