प्रवासी मेमेङ समाज मलेसियाले बाढीपहिरो पीडितको लागि सहयोग संकलन तिब्र

शुक्र चङ्बाङ ‘ निसुम ‘काठमाडौ १५ भदौ – प्रवासी मेमेङ समाज मलेसियाले बाढीपहिरो पीडितको लागि सहयोग संकलन तिब्र बनाएको छ । पाँचथर फालेलुङ गाउँ पालिकाको मेमेङमा साउन २७ गते भएको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ताङ्लेपा स्थित निवा खोला लघु जलविद्युत आयोजना बगाउनुका साथै सोही आयोजनामा विद्युत गृह रेख देखको लागि चौकी दारको रुपमा काम गर्दै आएका स्थानिय बिष्णु भक्त राई , उहाँको छोरी गंगा राई र नातिनिलाई पहिरोले विद्युत गृह संगै बगाएको थियो ।

पहिरोले बगाएको ४ दिन पछि नातिनिको लास नेपाली सेना , प्रहरी र स्थानियको निरन्तर खोज तलास पछि भेटिए पनि २ जना अझै बेपत्ता छन् । मेमेङको ताङ्लेपा , माङ्लेबुङ , खोलाघारी लगायत गरि जम्मा १३३ घर बिस्थापित भएका छ्न ।

यो बिपत परिस्थितिमा ” प्रवासी मेमेङ समाज मलेसिया ” ले सम्पुर्ण सहयोगीहरुलाई सहयोगको अपिल गर्दै सहयोग संकलन अभियानलाई तिब्र रुपमा अघि बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *