निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक

माघ १८ काठमाडौ,प्रमुख दलहरु समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक पुगेका छन् ।
राज्य व्यवस्था समितिले मंगलबारै राजनीतिक दल सम्बन्धी बिधेयक पारित गरेर संसद बैठकमा पठाउने तयारी गरेको छ । साना दलले थ्रेस होल्डको तीब्र बिरोध गरेका छन् । साना दलहरुले मंगलबार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर थ्रेस होल्ड नराख्न माग गरेका छन् ।

थ्रेस होल्डको नेकपा माले, नेपाल मजदूर किसान पार्टी लगायतले पनि बिरोध गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा थ्रेस होल्डबारे मौन छ तर, मोर्चा आबद्ध अधिकांश दलहरुले थ्रेस होल्डको विरोध गरेका छन् । तर, साना दलहरुको विरोध रहेको भन्दै माओवादी केन्द्रले डेढ प्रतिशत थ्रेस होल्ड राखे पनि हुने बताएको छ ।

निर्वाचन चिन्ह सम्बन्धी विवाद पनि सल्टिएको छ । राष्ट्रिय झण्डासँग मिल्ने चुनाव चिन्ह खारेज हुने भन्ने दफा नै हटाइएको छ । यो दफा नै हटेपछि एमालेको सूर्य र राप्रपाको गाई चुनाव चिन्ह जोगिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *