क्यान्टिलिभर पुलले गोरखाको उत्तरी भेगलाई जोड्यो

माघ १८ गोरखा,२०७२ वैशाख १२ गतेको महाभूकम्पसँगै बढेको पानीको बहावले बूढीगण्डकी नदी तीरैतीर माथिल्लो गोरखा पुग्ने गोरेटोलाई सर्लक्कै बगाएको थियो । गोरेटो मासिएपछि उत्तरी गोरखाका आठ गाविसको तल्लो भेगसँग सम्पर्क विच्छेद भएको थियो ।cantiliver6

अहिले बूढीगण्डकी खोंचको ठाडो चट्टाने भीरमा इन्जिनियरहरूले ‘क्यान्टिलिभर‘ प्रविधिबाट बाटो बनाएका छन्। यारु बगरमा चुम उपत्यका र लार्के ला जोड्ने १९५ मिटर लामो फलामे बाटो निर्माण भएपछि मानिस र मालसामान बोकेका खच्चड सहजै ओहोरदोहोर गरिरहेका छन्। चुम उपत्यकामा पनि अर्को ‘क्यान्टिलिभर’ बन्दैछ।

‘क्यान्टिलिभर’ निर्माणमा बेलायती सहयोग नियोग ‘डीएफआईडी’ ले सहयोग गरेको छ। ‘क्यान्टिलिभर’ को संरचना स्वीस कम्पनी ‘ए–एफ इटेको’ र काठमाडौंको बालाजुस्थित यन्त्रशालाले तयार पारेको हो।

चट्टाने भीरमा बाटो बनाउने विभिन्न विकल्पमा छलफलपछि इन्जिनियरहरूले ‘क्यान्टिलिभर’ उपयुक्त हुने ठहर गरेका थिए।cantiliver2

Leave a Reply

Your email address will not be published. Required fields are marked *