देब कुमारको चौबन्दी चोलीमा पुष्प र सुप्रियाको रोमान्स

ssssमंसिर १८ काठमाडौ , गीत-संगीतको क्षेत्रमा केहि गर्छु भनेर सक्रिए रुपमा लागेका छन् गायक देब कुमार मगर । मगरले धेरै नै राम्रा-राम्रा गीतहरु गाउने गर्छन र लामो समय देखि गीत-संगीतमा आबद्ध हुदै धेरै गीतहरु गायका पनि छन् । एउटा एल्बम यो भन्दा अगाडि नै बजारमा ल्याई सकेका मगरले अहिले अर्को नयाँ एल्बम “दिल चोरि मोरीले” ल्याएर आएका छन् ।

उनले “तिमी जस्ती राम्री” र “अरुको जस्तै नै मेरो पनि प्रेमिका” गीत बाट निकै नै चर्चा कमाई सकेका थिए । यहि क्रमलाई पछ्याउदै पछिल्लो समय पनि आफ्नो एउटा राम्रो गीत ‘चौबन्दी चोलीले’ बोलको गित ल्याएर आएका छन् ।

यसैगरि ‘‘चौबन्दी चोली’को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । दुर्गा सिंजाली मगरको शब्द रहेको यस गीतमा गायक देब कुमार स्वयमको स्वर अनि संगीत रहेको छ । कपुरी‘क’मोसन पिक्चरको ब्यानरमा निर्माण गरीएको भिडियोमा पुष्प खड्का र सुप्रिया कटुवालको रोमान्स रहेको छ । भाइब्स डिजिटल नेपाल मार्फत सार्वजनिक गरीएको भिडियोमा उत्सब दाहालको छायांकन ,निशान घिमिरेको सम्पादन र युबराज वाइबाको निर्देशन रहेको छ ।

भिडियो हेर्न तल लिंकमा क्लिक गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *