मानौं कि यहाँ सुस्तरी, जूनको आकार बद्लिन्छ
आकार सँगै उस्मा पनि, क्रमश: निखार बद्लिन्छ
तिमी जति सुकै पीडा, लुकाएर राख मनमा
जब मनै बद्लिन्छ नि, हो साँच्चै मुहार बद्लिन्छ
था’छ यहाँ प्रेमीहरु, हदै सम्म पागल हुन्छन्
प्रत्येक नजर संग तिन्को, आपसी बिचार बद्लिन्छ
कस्तो भ्रममा बाँच्छ मान्छे, क्या अचम्म लाग्छ सुन्दै
के तिम्ले पत्थर पुजेर, भाग्य र निधार बद्लिन्छ ?
म कस्लाई सुनाउँ अब, एका देशको कथा यो
बुझ्नै कठिन छिन् छिन्मै, धेरैको संसार बद्लिन्छ
पवित्रा राई, ओखल्ढुङ्गा