खोटेहाङमा पुस्तकालय र सभाहल उद्घाटन

खोटाङ – खोटेहाङ गाउँपालिका खोटाङमा स्थापना भएको पुस्तकालय तथा सभाहलको उद्घाटन सम्पन्न भएको छ । प्रतिनिधि सभाका सदस्य माननीय विशाल भट्टराई तथा प्रदेश नम्बर एक प्रदेश सभाका माननीय सदस्य रामकुमार राई “पासाङ” ले एक कार्यक्रमका बीच बुधवार उद्घाटन गरेका हुन् ।

उद्घाटन पछिको सभामा बोल्दै प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईले अगाडि भने, भावी पुस्ताले कुनै पनि क्षेत्रमा सफल बन्न अध्ययन अनिवार्य भएको र अध्ययनको लागि पुस्तकालय सहायसिद्ध हुने बताए । उनले एक फरक प्रशंगमा भने, “कृयाशिलता र विचार दुवै भएको ब्यक्ती मात्र सफल हुन्छ” ।

शिक्षक नियुक्तिको सन्दर्भमा कुनै पनि सम्झौता नगरी निश्पक्ष ढंगले अगाडि बढ्न सके मात्रै पनि सकारात्मक परिवर्तनको शुरुवात हुने बताउदै प्रतिनिधि सभा सदस्य भट्टराईले अगाडि भने “आजको भोलि परिणाम खोज्ने प्रवृत्ति छोडी दीर्घकालीन सोंच राखेर अगाडि बढ्न सक्नुपर्छ”।

कार्यक्रममा एक नम्बर प्रदेशका प्रदेश सभा सदस्य रामकुमार राई पासाङले भने” विचारको निर्माण पुस्तकहरुको अध्ययनबाट हुन्छ तर विचारलाई ब्यवहारमा बदल्नु अर्को महत्वपूर्ण पक्ष हो ।”

गाउँ-गाउँमा ब्यवसायीक तथा अर्ग्यानिक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउदै विशेष अतिथि “पासाङ” ले आउँदो पाँच वर्ष भित्रमा जिल्लाका सबै मूख्य सडकहरुलाई पीच गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमा गाउँपालिकाकी उपाध्यक्ष कविता राई, नेपाल अडिटर एसोसियसनका केन्द्रीय सदस्य राजनप्रसाद ढकाल, साहित्यकार इन्द्र नारथुङे, पुस्तकप्रेमी डिल्लीप्रसाद ढकाल, खोटेहाङ गाउँपालिका वडा नं ७ का सदस्य शिव फुयाँल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राईको अध्यक्षतामा सम्पन्न भएको थियो । खोटेहाङ गाउँपालिकाको आ.व. २०७४-७५ को पाँच लाख बजेटबाट पुस्तकालय तथा २० लाख बजेटबाट सभाहल तयार गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.