पुनर्गठित नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रथम राष्ट्रिय भेला सम्पन्न (भिडियो सहित)

काठमाडौ- पुनर्गठित नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रथम राष्ट्रिय भेला काठमाडौमा सम्पन्न भएको छ । पुष्प कमल दाहाल नेतृत्वको एकीकृत माओवादी केन्द्र नेकपा एमाले संग पार्टि एकताको सात बुदे सहमति भए लगत्तै अशन्तुष्ट बनेका नेता गोपाल किरातीले माओवादी केन्द्रलाई पुनर्गठन गर्ने तयारी गरेपछि, विद्यार्थी नेता आलोक रायमाझीको संयोजकत्वमा उक्त भेला सम्पन्न भएको हो ।

“दक्षिणपन्थी विसर्जनवादको विरोध गरौँ, अखिल क्रान्तिकारीको राष्ट्रिय भेला सफल पारौं” भन्ने मूल नाराका साथ् भएको भेलामा, नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य किरण, राजनीतिज्ञ लोकेन्द्र बिस्ट मगर, राजनीतिज्ञ तथा बुद्धिजीवी विश्वभक्त दुलाल, लालबहादुर तामाङ्ग लगायतका नेताहरुले मन्तव्य र शुभकामना दिएका थिए ।

पहिचान, धर्म निरपेक्ष, जातिय र बर्गीय मुक्तिको मुद्धा लिएर अगाडि आएका माओवादी केन्द्र समावेशी लोकतन्त्रमा विश्वास राख्ने पार्टि नेकपा एमाले संग एकतामा जाने भएपछी, माओवादी केन्द्रका प्रभावशाली नेताहरु विश्वभक्त दुलाल (आहुति), लोकेन्द्र विस्ट मगर र गोपाल किराती अशन्तुष्ट बनेका थिए ।

राष्ट्रिय भेलामा क-कसले के-के भने ? भिडियोमा हेर्नुहोला




Leave a Reply

Your email address will not be published. Required fields are marked *