खोटाङ आईडलमा उत्कृष्ट ५ छनौट

खोटाङ – खोटाङ आईडलमा उत्कृष्ट ५ छनौट भएका छन् । परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीले आयोजना गरिरहेको गायन प्रतियोगिता खोटाङ आईडलको फाईनल राउण्डका लागि उत्कृष्ट पाँच छनौट भएका हुन् ।

खोटाङ आईडलको छैठौ अडिसनबाट रोहित चाम्लिङ छोरम्बु, दिपा राई सिम्पानी, सुमन राई खार्ताम्छा, अमिता राई लफ्याङ र सप्तेश्वरका तेज राई छनौट भएका हुन् । गायक तथा संगीतकार रुपकुमार राई, गायक तथा संगीतकार पदम थुलुङ राई र पृथी जिम्बाको निर्णायकबाट उनीहरु फाईनलका लागि छानिएका हुन् ।

छैठौ अडिसनमा यो भन्दा अगाडिका झैँ, निर्णायकको आधारमा ६० प्रतिशत र भोटिङको आधारमा ४० प्रतिशतका आधारमा उत्कृष्ट पाँच छानिएका हुन् । उत्कृष्ट पाँचमा छानिएका प्रतिस्पर्धीहरुले आगामी चैत्र ३ गते अन्तिम प्रर्तिस्पर्धा गर्नेछन् । खोटाङ आईडलमा ईशारा राई कुभिण्डे, कञ्चन राई बाकाचोल, उमेश राई खार्मी, सुजाता परियार रतन्छा, राजन गिरी बुईपा, केदार अनुरागी खार्मी र खाल्लेकी सिर्जना राई खोटाङ आईडल बाट बाहिरीएका छन् । छानिएका उत्कृष्ट पाँचले चैत्र ३ गते ‘खोटाङ जागरण’ गीत गाउनुपर्ने आयोजकले बताएका छन् ।

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तर र २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउने खोटाङ आईडलका संयोजक जीवन के राईले हामीलाई बताएका छन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published.