गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, सुरु भयो एप्रिकट २०१८ राजधानीका पाँच तारे होटल भरिभराउ

काठमाडौं–विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ । सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपिएनआइसी)ले संयुक्त रुपमा गरेका हुन् ।

सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।

एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका थिए । तालिममा १ सय ९० जनाको सहभागिता थियो । सम्मेलनको औपचारिक उद्घाटन भने आइतबार याक एन्ड यति होटलमा हुँदैछ ।

यस सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुने उपाध्यायले जानकारी दिए । सम्मेलनमा इन्टरनेट जाइन्ट कम्पनीहरु गुगल, फेसबुक ट्वीटरलगायतका प्रतिनिधिहरु पनि सहभागी हुन आइपुगेका छन् ।

सम्मेलनको प्रमुख बक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत बर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८ सय मिलियन डलर (करिव ८० अब रुपैर्याँ ) मा किनेको थियो ।

त्यस्तै समापनमा प्याकेट फेब्रिकका सहसंस्थापक विल चार्नोकले आफ्नो मन्तब्य राख्नेछन् । विलले सफ्ट लेयरका लागि नेटर्व बनएका थिए । यसलाई आइबिएमले सन् २००८ मा खरिद गरेको थियो । यस्तै म्यागासेसे विजेता महाबिर पुनले भविष्यका स्मार्ट सिटीहरु कस्तो हुनेछन् भन्ने बारे आफ्नो धारणा राख्नेछन् ।

सम्मेलन १० दिनसम्म चल्नेछन् । त्यसमध्ये ५ दिनसम्म सम्मेलनपूर्वका कार्यशाला भइसकेका छन् । वर्कसप सकिएपछि सेक्योर राउटिङ, सफ्टवेयर डिफाइन्ड नेटवर्किङ (एसडिएन) र नेटवर्क फङ्सन भच्युअलाइजेसन (एनएफभी) मा केन्द्रीत रहेर सम्मेलन निरंतर हुनेछ । शनिबार एशियाभरका इन्टरनेट एक्स्चेन्ज संचालक (एपिआइएक्स) हरुको सम्मेलन भएको छ । त्यसमा यस क्षेत्रका ४० देशका प्रतिनिधि सहभागी थिए ।
सम्मेलन अनुभव आदान प्रदान र सिकाइमा केन्द्रीत रहने उपाध्यायले जानकारी दिए ।

एप्रिकट सुरु हुँदा सुरुसुरुमा केही सीमित इन्जिनियरहरु सहभागी हुन्थे । पछिल्लो समय नीति निर्माण तहमा रहेकाहरुसमेत सहभागी हुन थालेकाले यति ठूलो इभेन्ट हुन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *