बर्दिया – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बर्दियाको जिल्ला समितिको प्रथम भेला फागुन ५ अर्थात् आज भएको छ । “प्रतिक्रियावादी व्यावस्था तथा नवसंशोधनवादीहरुका विरुद्ध संघर्ष गरौ, नयाँ जनवादी क्रान्तिको लागि प्रथम जिल्ला भेला सफल पारौ” भन्ने मूल नाराका साथ जिल्ला भेलाको आयोजना गरिएको हो ।
भेलामा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ५ नंं प्रदेशका सचिव प्रेम सुवेदी, केन्द्रीय सदस्य धनेश्वर पोखरेल, केस तथा बाँके, बर्दिया इन्चार्ज भूपेन्द्र न्यौपानेलगायतका नेताहरुको विशेष उपस्थितिमा भएको भेलामा जिल्लामा नयाँ नेतृत्वको चयन गर्ने गरिएको छ । क्रान्तिकारी माओवादीले जारी संगठन तथा जनपरिचालन अभियान अन्तर्गत जिल्ला भेलाको आयोजना गरेको हो । जिल्लामा तीन महिने अभियानका क्रममा विभिन्न संगठनहरु निर्माण गर्ने, जनसम्बन्ध सुदृढ गर्ने लगायतका गतिविधिहरुलाई तीव्रता दिएको छ ।