पार्टी एकता नगर्न धम्कि आयो : दाहाल

महोत्तरी, ५ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदको बाँडफाँट भएपछिमात्रै माओवादी सरकारमा सहभागी हुने बताएका छन् ।
शनिबार महोत्तरीको हात्तीलेटमा बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले जन चाहना अनुसार वाम गठबन्धनले स्थायी सरकार दिने पनि बताए । केही तत्वहरु माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता नहोस् भन्ने कार्यमा लागेको भन्दै अध्यक्ष दाहालले त्यस्तासँग सचेत र सर्तक रहनुपर्ने बताए ।

केही बाह्य र केही आन्तरिक शक्तिले पार्टी एकीकरण नगर्न धम्की दिने गरेको उनले बताए । तर स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि वाम एकता जरुरी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *