एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते

मोरङ, २९ मंसिर – मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । गएराति सवा १ बजे मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रि भई दुर्घटना भएको हो।

घाइते हुनेहरुमा एम्बुलेन्स चालक इलाम नगरपालकिा ६ का सुनिल राई, एम्बुलेन्समा सवार शिशिर लिम्बु, प्रमिला कार्की, रमिला लिम्बु र नेपाल खड्का रहेका छन् ।
घाइते सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *