प्रकाशमान सिंहले भने, पार्टि पराजयको जिम्मा नेतृत्वले लिदै, सभापतिले राजनीनामा दिनुपर्छ

काठमाडौ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले उक्त कुरा बताएका हुन् ।

घुमाउरो पाराले कांग्रेस पराजयको कारण पार्टी नेतृत्व भएको भन्दै नेता सिंहले राजनीतिक संस्कार बनाउन पनि सभापति देउवाले राजीनामा दिनुपर्ने बताए। ‘विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गरिन्छ, त्यो पार्टीले हारे राजीनामा दिने चलन छ’, उनले भने, ‘नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ।’

नेता सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउदै अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ।’

नेता सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको आरोप लगाए। उनले भने, ‘पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बनेका नेता सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौँ क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे। उनले तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएको भन्दै मतदातालाई धन्यवादसमेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *