काठमाडौ ९ कातिक- पाकिस्तान सरकारले नेपाललाई करिब १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । नेपालमा हालै गएको बाढी–पहिरोमा परेका पीडितहरुको पुनःस्थापना र पुनःनिर्माणका लागि खर्च गर्नेगरी उक्त रकम सहयोग गरिएको हो ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालका लागि पाकिस्तानी राजदूत माजार जावेदले उक्त रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ ।
रकम ग्रहण गर्दै प्रधानमन्त्री देउवाले पाकिस्तानी सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।