“नेपाली जुटौं बाल विवाह रोकौं” मूल नाराको साथमा राष्ट्रिय अभियान कार्यक्रम राष्ट्रपती विद्यादेवी भण्डारीद्वारा उद्घाटन

ईन्द्र जिजीबिषा- काठमाडौ २६ साउन- “नेपाली जुटौं बाल विवाह रोकौं” मूल नाराको साथमा राष्ट्रिय अभियान कार्यक्रम आज सम्माननिय राष्ट्रपती विद्यादेवी भण्डारीले काठमाडौमा उदघाटन गर्नु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ, नेपाल र वल्ड भिजन इन्टरनेसनल नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा समाज कल्याण मन्त्री आशा कोइराला, कानुन मन्त्री यज्ञ बहादुर थापा, विभिन्न उच्च पदस्थ व्यक्तित्वहरु,नागरिक समाज लगायत अन्यको उपस्थिती रहेको थियो ।

युनिसेफको तथ्याङ्क अनुसार संसारमै दक्षिण एशियामा वाल विवाह दर सबै भन्दा उच्च रहेको छ । यहाँ दुई मध्ये हरेक एकको १८ बर्ष अगावै विवाह हुने गरेको छ । तथ्याङ्क अनुसार एशियामा वाल विवाह गर्नेमा बंगलादेश र भारतपछि नेपाल तेस्रो मुलुक रहेको छ ।

वर्ल्ड भिजन इन्टर नेश्नलकी राष्ट्रिय निर्देशक एलिजा वेथ हान्ना साटोले नेपालको कानुनले महिला पुरुष दुबैको लागी विवाहको उमेर २० बर्ष तोकेको भएता पनि नेपालमा अझै वाल विवाहको प्रचलन नहटेको बताईन् । यस्तै सामुदायीक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले, हाम्रो संविधान,ऐन,कानुन र नीति नियमको मर्म र भावना अनुकुल सामाजिक अवाम सांस्कृतिक व्यवहार स्थापित गर्ने दायित्व सामुदायीक रेडियो एवं संचार माध्यम र सबै सचेत नागरिकको रहेको बताए ।

यस्तै महिला वालवालीका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले वालविवाह रोकथामको लागी सरकारको तर्फबाट पूर्ण साथ् र समर्थन हुने बताउनु भयो । कार्यक्रममा न्याय मन्त्री यज्ञ बहादुर थापाले बर्षौ देखि चलिआएको छाउपडी प्रथा अन्त्य र २० बर्ष नपुगी गरेको विवाह मान्य नहुने र त्यस्तो विवाह सोतह खारेज हुने कानुन पारित भएको बताउनु भयो । यस्ता विवाह गराउनेलाई समेत कैद सजाय र जरिवाना पनि हुने बताउनु भयो ।

यस्तै सम्माननिय राष्ट्रपती विद्यादेवी भण्डारीले, समाजमा रहेका वालविवाह जस्ता अपराध रोक्न रेडियो सामुदायीक जस्ता संचार माध्यामको सक्रिय भूमिका रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *