“प्रतिभा परिवार”को पहिलो गीति एल्बम “प्रतिभा भाग १” विमोचन

ईन्द्र जिजीबिषा- काठमाडौ २६ साउन- सामाजिक संजाल फेसबुक मार्फत स्थापित भएको “प्रतिभा परिवार“को पहिलो गीति एल्बम “प्रतिभा भाग १” को राजधानीमा एक कार्यक्रमको बीच विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार तथा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पुर्व कुलापती वैरागी काइलाको प्रमुख आतिथ्यमा उक्त गीति एल्बम विचोचन गरिएको हो ।

“प्रतिभा भाग १”मा ७ वटा गीतहरु रहेका छन् । गीति एल्बममा रहेको “माघेनी मेला” बोलको गीतलाई जानु काम्बाङ्ग र राजा मावोले शब्द रचना गरेका छन् भने स्वर नरेश लिङ्ग्देन र अमृता सम्वाहाम्फेको रहेको छ । यो गीतलाई अशोक लोहरुङ्ग राईले एरेन्ज गरेका छन् भने संगीत राज रोबर्ट अजनवीको रहेको छ । यस्तै “लालचमा” बोलको गीतलाई संजय राई छुच्चा”ले शब्द रचना गरेका छन् भने,संगीत सुमन राई र स्वर अञ्जना राईको रहेको छ । यो गीतको एरेन्ज कुमार थापाले गरेका छन् । यस्तै एल्बममा रहेको अर्को गीत “दैब यो कस्तो खेला” बोलको गीतलाई इक्साहाङ्ग चेम्जोङ्गको शब्द रचनालाई चन्द्र श्रेष्ठले संगीत गरेका छन् भने, इनुशा चेम्जोङ्गको स्वर रहेको छ ।  यो गीतलाई अशोक लोहरुङ्ग राईले एरेन्ज गरेका छन् ।

एल्बममा रहेको “परदेशै बाट” बोलको गीतलाई दिलिप राई सगरले शब्द रचना गरेका छन् भने,संगीत देविनवाबू राई र स्वर सुमन राई र बसन्ती लिम्बु द्रोणाको रहेको छ । एरेन्ज भने विष्णु अधिकारीले गरेका छन् ।  एल्बममै रहेको अर्को गीत “हिजोराती” बोलको गीतमा शब्द संगीत राजा रोबर्ट अजनवीको रहेको छ भने,यो गीतको मेल भर्सनमा कृष्ण श्री वर्देवाको रहेको छ ।  यो गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका छन् ।  यस्तै, “बदनाम भो” बोलको गीतमा शब्द संगीत देवीनवाबु राईको रहेको छ भने,स्वर सलोनी सुब्बाको रहेको छ ।  यो गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका छन् ।  एल्बममा रहेको अन्तिम गीत “हिजो राती” फिमेल भर्सनमा शब्द संगीत राज  रोबर्ट अजनवीको रहेको छ भने,स्वर नुमा राईको रहेको छ ।  यो गीतलाई विष्णु अधिकारीले एरेन्ज गरेका छन् ।

रोजगारीको सिलसिलामा कतारमा रहेका साहित्यकार तथा संगीतकार “राजरोबर्ट अजनवी” संयोजक रहेको प्रतिभा परिवारमा देश विदेशमा रहेका संजय राई “छुच्चा”जानु काम्बाङ्ग लिङ्ग्देन,सुमन राई, नुमा राई,अमृता सम्वाहाम्फे, देविनबावु राई, इक्शाहाङ्ग चेम्जोङ्ग,राजा मावो, दिलिप राई सगर,अञ्जना राई, इनुशा चेम्जोङ्ग,बशंती लिम्बु द्रोणा,सलोनी लिम्बु,कृष्ण श्री बर्देवा,महेन्द्र लिम्बु,नरेश लिङ्ग्देन,प्रेम तमु,तिर्थ राई,लगायत अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रममा प्राज्ञ सशी लुमुम्बू, अशोक लोहरुङ्ग राई, गायक रुपकुमार राई,सुरेश हाँचेकाली, खगेन्द्र पन्धाक, गणेश गुरुङ, नेपाल आयल निगमका एडमिन अफिसर हिरा प्रधान, साहित्यकार राज्यशोभा श्रेष्ठ, कविता राई गाउँले, चन्द्र रोनोहोछा लगायत अन्य अतिथि रहेका थिए ।  एल्बमको समिक्षा सुरेश हाँचेकालीले गरेका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि तथा पुर्व कुलपती वैरागी काइला अहिले नेपाली युवाहरू प्रायः वैदेशिक रोजगारमा गएका हुनाले नेपाली संगीत तथा साहित्यको भण्डार थप भरिँदै गरेको बताए ।

प्रतिभा परिवारको तर्फबाट अञ्जना राईको स्वागत मन्तव्य राखेकी थिईन् भने संयोजक राज रोबर्ट अजनवी प्रवाशमा रहेका कारण उनले लेखेर पठाएको मन्तव्य पढेर सुनाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *