भारतले सिमानामा कडाइ गर्यो

असोज २८ काठमाडौ,भारत र पाकिस्तान तनाव बढेपछि, भारतीय पक्षले नेपाल भारत सीमाको नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

खुल्ला सीमानाको फाइदा उठाउँदै अपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्दै, सुरक्षा व्यवस्था कडा पारेको हो ।

बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक र पैदल यात्रीमाथि निगरानी बढाएको छ । बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ ।

यसैगरी, पर्साको भारतीय सीमाका रक्सौल—भिस्वा, परसौनी—भेलाई, सिर्सिया—रक्सौला, जानकीटोल—इनर्वा, ठोरी—भिस्वाठोरी नाकामा समेत भारतीय निगरानी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *