सुस्मिता केसीले बाबरी फूलको बोट चलचित्र निर्माण गर्ने

असोज २८ काठमाडौ,नायिका तथा निर्मात्री, सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ असफल भएपनि थाकेकी छैनन् । अब, सुस्मिता चलचित्र निर्देशक बन्ने भएकी छिन् ।

उनले चलचित्र ‘बाबरी फूलको बोट’ निर्देशन गर्न लागेको जानकारी दिएकी छिन् । यो चलचित्रका लागि कलाकार पक्का गरिएको छैन । छोरा अनमोल केसी चलचित्रमा हुने या नहुने भन्ने बिषयमा उनले केही बोलेकी छैनन् ।

तर, अनमोलले माघबाट छायांकन सुरु हुने चलचित्र ‘कृ’को रिलिज अगाडि अर्को चलचित्रमा काम नगर्ने भएकाले पनि आमाका लागि समय दिने संभावना कम छ । माघबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । सामिप्यराज तिमिल्सिनाले यो चलचित्रको कथा लेखिरहेका छन् । नायक भूवन केसी निर्देशनमा सफल भएलगतै सुस्मिता पनि निर्देशनमा आउन लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *