तेह्र बर्षीया बालिकाको बलात्कार पछि बिभत्स हत्या

फागुन १४ धरान,सुनसरी जिल्लाको चादबेला गाविसमा, एक १३ बर्षीया बालिकाको हत्या भएको छ। हत्या हुनेमा चाँदबेला ९ की १३ वर्षीया अमिता कुमारी मुदियारीको रहेकी छिन् । मुदियारीलाई विभत्स तरिकारले हत्या गरी कर्ल्भटमा शब फालिएको अवस्थामा शनिवार बिहान प्रहरीले फेला पारेको हो ।

घटनाको प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले बताएको छ । हत्याराले बालिकाको हत्या गरी कर्ल्भटभित्रको नालीमा फालेर ढुङाले पुरेको अबस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि पूर्वक्षेत्रीय प्रहरी कार्यालयको विशेष व्युरोको टोलीसहित जिल्ला अस्पताल सुनसरीबाट चिकित्सकहरुको टोलीसमेत घटनास्थलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *