असोज १९ काठमाडौ, सर्वोच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्ने भएको छ ।
कार्कीको नयाँबानेश्वरस्थित घरमा म्याद टाँस्न लागिएको हो । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए ।
अब उनलाई सुचित गर्न घरमै म्याद टाँस्ने निर्णय भएको हो ।
सूचना टास्ने क्रममा काठमाडौं महानगरपालिकाको सम्वन्धित वडा सचिवको रोहबरमा मुचुल्का उठाइनेछ । यसले म्याद कार्कीले बुझे सरह हुने अदालतले जनाएको छ ।
कार्की भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आवासमा बस्दै आएका छन् । बानेश्वरस्थित घर भने भाडामा दिएका छन् ।