बस्ने घर छैन, समाजसेवा गर्छन आर्मीका जमदार

चिसाङ्ग शेर्पा-असोज-२० खोटाङ्ग
हिउँदमा पिउने पानीको चरम समस्या झेल्दै आएका दिक्तेल नगरपालिका—५ मुढे,बाम्राङ्गका स्थानियलाई खानेपानीमा राहत पुग्ने उद्देश्यले नेपाल आर्मीका जमदार काशीराम तामाङ्गले ब्यतिगत पैसा खर्च गरी ६० हजार लिटर पानी अटाउन सकिने रिर्जभ ट्याङ्की निर्माण गरिदिएका छन् ।

दिक्तेल ५ मुढेका स्थानिय तामाङ्गले उपभोक्ता बाट केही श्रमदान र ९ लाख ५० हजार लागतमा निर्मित उक्त  रिर्जभ ट्याङ्कीले १ सय २० घरलाई पिउन पानी पुग्ने अनुमान गरिएको छ । चारपाटे मोडलमा फिनिसिङ्ग सकिएको ट्याङ्की ९ फुट अग्लो रहेको छ । हिउँदमा खानेपानीको चरम समस्या झेल्दै आएका मुढे र बाम्राङ्गका स्थानियलाई ठुलो राहत पुग्ने लक्ष्यले ट्याङ्की बनाईएको जमदार तामाङ्गले बताए ।

२०४७ सालदेखी नेपाल आर्मीमा जागिर सुरु गर्नुभएका उहाँले गएवर्ष चैत्रमा आफुले कमाएको पैसाले घर बनाउनुको सट्टामा दिक्तेल नगरपालिका— ५ मुढेमा ६० हजार लिटर क्षमताको रिजर्भ पानी ट्याङ्की निर्माण गरीदिएका छन् । २७ वर्ष भन्दा वढि आफ्नो जन्मभुमी छोडी जागिरको शिलसिलामा हिडीरहनुपर्ने हुँनाले योजना सञ्चानमा आवाश्यक पर्ने कच्चापदार्थ ढुवानी तथा लगानी गरी ६० हजार बरावरको उपभोक्ता श्रमदान साथै ९ लाख ५० हजारमा निर्माण सम्पन्न भएको रिजर्भ ट्याङ्कीका लागी आर्थिकपाटो भनेदिक्तेल नगरपालिका— ५ का जमदार तामाङ्गले गर्नुभएको हो । स्थानियवासीहरुले तीस हजार लिटरको बनाईदिन माग गरेकोमा आफुले डबल ६० हजार लिटर पानी अटाउन सकिने भौतिक संरचना निर्माण गरिदिएको उहाँको भनाई छ ।

मानव जिवनमा नभई नहुने तरलबस्तु पिउने पानीको, अत्यन्तै दुख भएको र यता चलाए उता नपुग्ने दृश्यले आफुलाई सामाजिक कार्य गर्नलाई हौसाएको तामाङ्ग बताउनुहुन्छ । उपलब्धी नभए पनि आफ्नो सामाजिक कामले अरुलाई मार्गनिर्देशन गर्ने उहाँको भनाई रहेको छ । नेपाली सेनालाई सुरक्षितरुपले एकठाँउवाट अर्कोठाँउसम्म पुर्याउन ड्राईभरको काम गर्नुहुने तामाङ्गको विवाह भएपनी अझै आफ्नै घर छैन । कमाएको पैसा सामाजिक काम गर्दै डेरामा वास बसिरहेका उनी भन्छन् अबको आगामी उद्देश्य गुम्बा निर्माण गरिदिने रहेको छ । आपुर्ती तथा परिबहन गण माईतीघर काठमाडौमा जागिरे उनी २०४७ सालमा सिपाहीबाट सेनामा भर्ती भएका थिए ।

०३८ सालदेखी पदोन्नती भई जमदार भएका उनी भन्छन् “काम सफल हुनमा भाई धनीराम तामाङ्गको पनि ठुलो भुमिका रहेको छ” । सामाजिकसेवा गर्न अत्याधिक रुचि भएका नेपाल आर्मीका जमदार तामाङ्ग आफुलाई सामान्य नागरिक सो सरह भएको र २६ वर्षको अवधिमा मानविय दुख नजिकबाट नियालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *