नेताहरु भारत परास्त आरोप लागि रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई आफ्नो ‘पावर’ देखाए

काठमाडौ २७ चैत, हाम्रा नेताहरु भारत परास्त भईरहेको आरोप लागि रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नेतालाई आफ्नो ‘पावर’ देखाएका छन् ।

बालुवाटार स्रोतका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोस्यारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न विहानै सरकारी निवास बालुवाटार पुगेका थिए । बाहिर सचिवालयमा बसिरहेका प्रचण्डपुत्र प्रकाश दाहालले कोस्यारीलाई रोकेर प्रक्रिया पुर्‍याई आउ भन्दै फिर्ता पठाइदिए ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता कोस्यारी, नेपाल भारत प्रबुद्ध समूहको तेस्रो बैठकमा भाग लिन काठमाडौं आएका थिए । स्वदेश फर्किने बेला प्रधानमन्त्रीसँग भेट गरेर जाने मनसायले सिधै बालुवाटार पुगे । प्रमको सचिवालयमा बसिरहेका प्रचण्डपुत्र प्रकाशले ‘तपाईहरुले अहिले भेट्न सक्नुहुन्न्, प्रधानमन्त्रीसँग भेट्न भारतीय राजदूतावासमार्फत समय लिएर राजदूतसँगै आउनुस् वा परराष्ट्र मन्त्रालयमार्फत आउनुस्’ भन्दै कोस्यारी नेतृत्वको भारतीय टोलीलाई फिर्ता पठाए ।

आफ्नो दलबलसहित प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका कोस्यारीलाई ‘अपमानित’ हुनेगरी प्रचण्डले छोरामार्फत फिर्ता पठाएर आफ्नो ‘पावर’ देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *