प्रधानमन्त्रीले लेखा समिति पुगेर एनसेल कर प्रकरणमा सरकारको जवाफ प्रस्तुत गरे

काठमाडौ २७ चैत्र, प्रधानमन्त्रीले संसद्को सार्वजनिक लेखा समिति पुगेर एनसेल कर प्रकरणमा सरकारको जवाफ प्रस्तुत गरेका छन्।

एनसेल टेलियासोनेरा कम्पनीले एक्जियटालाई बिक्री गर्दा बुझाउनुपर्ने पुँजीगत लभकर लाभकार नबुझाएको र सरकारले त्यसलाई उठाउनुको सट्टा उन्मुक्ति दिने निर्णय भएको भन्दै लेखा समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको थियो।

समितिमा पुगेर प्रधानमन्त्री भने, ‘एनसेल यहीँ छ कहीँ गएको छैन, ‘राज्यले तदारुकता देखाए कर उठाउन सकिन्छ।’ उनले एनसेलले पुँजीगत लाभकर नबुझाउनुको कारणबारे गहिरोसँग बुझिनसकेको भन्दै क्रेता र विक्रेतालाई राखेर छलफल गर्न आफूले चाहेको बताए। ‘मैले एकपटक क्रेता र विक्रेता दुवैलाई राखेर छलफल गरी समुचित निर्णय लिनु आवश्यक ठानेको छु। सरकार प्रस्ट छ कर उठाउन सम्झौता गर्दैन।’

एनसेलले विक्रेताबाट उठाउने भनेको भन्दै क्रेताले लेखेको पत्रमा सामान्य छलफल भए पनि मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय नगरेको बताए। समितिमा यसअघि अर्थमन्त्री कृष्णबहादुर महरालाई डाकेको थियो। अर्थमन्त्री महराको जवाफ चित्त बुझ्दो नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई डाक्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *