असोज १५ काठमाडौ , कलाकार सीताराम कट्टेल (धुर्मुस)ले पूर्वनिर्धारित समयमा काम सक्न लगातारको बर्षा बाधक बनेको बताउँदै दशैंको घटस्थापनाका दिन हस्तान्तरणको लक्ष्य भएपनि काम नसकिएकोले माफी मागेका छन् ।
उनले सबै समस्या र चुनौतिलाई जित्न सकेपनि प्रकृतिलाई जित्न नसकेको भन्दै फाउण्डेशनले आफ्नो तर्फबाट जतिसक्दो चाँडो बस्ती हस्तान्तरण गर्न प्रयन्त गर्ने बताएका छन् ।
दिन रात खटेर काम गर्दा पनि झरीले काम प्रभावित गरेको भन्दै पुनर्निर्माणको अभियान भने कुनै कारणले नरोकिने धुर्मसले बताएका छन् । धुर्मुस-सुन्तलीलाई गिरान्चौर बस्ती निर्माणका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । त्यसैबाट गिरान्चौर बस्तीलाई आपांग, बाल तथा वातावरणमैत्री तवरले पुनर्निर्माण गरिँदैछ ।