साझाले लामो दुरीको बस सेवा सुरु गर्ने

sajha असोज १५ काठमाडौ, साझा यातायातले, यातायात व्यवस्था विभागसँग काठमाडौ बिरगंज रुटका लागि रुट पर्मिट मागेको हो । आइतबारदेखि बाग्लुङ र गोरखाका लागि लामो दुरीमा बस सेवाको शुभारम्भ हुनेछ । एक दशकपछि साझाले फेरि लामो रुटमा बस चलाउन लागेको हो ।

साझाले बाग्लुङका लागि ५ सय ५० रुपैयाँ भाडादर तोकेको छ भने गोरखाका लागि २ सय ८५ रुपैयाँ लाग्ने छ । साझाले पुल्चोक, नयाँबसपार्क र कलंकीमा टिकट काउन्टर खोलेको छ ।

काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक २-२ वटा बसहरु चल्नेछन् । नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ ।

गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ । यहाँबाटै छुट्ने समयमा बाग्लुङ र गोरखाबाट पनि बस काठमाडौंका लागि छुट्नेछ ।

साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन् । काठमाडौं भित्र साझाका नयाँ बस चल्ने रुट भने तय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *