चिसाङ शेर्पा भदौ ३१ खोटाङ २०६४ पुस २० गते खोटाङ्गमा मनाङ्ग एयरको हेलीकोप्टरमार्फत बा १ ख १४२०÷१४२२ नम्बरको आईसर ट्रक भित्रिए,केही बर्ष पछि कच्ची सडकमा गाडी कुद्न थाले यतादेखी यातायातको सुबिधा कस्तो छ भनेर कसैको प्रश्न आयो भने,हिउँदमा धुलाम्मे,बर्षातमा हिलाम्मे सुबिधाको नाममा शास्ती नै शास्ती भन्ने सबैको साझा जवाफ हुन्छ ।
मध्य पहाडी लोकमार्ग अन्र्तगत पुर्बी पहाडी जिल्ला खोटाङ्गमा अधिकांशले प्रयोग गर्न सकिने सस्तो र सुलभ यहि बस सेवा हो । सामान ढुवानी गर्न,एक ठाउँबाट अर्काे गन्तब्य तय गर्न,बिरामी जिल्ला अस्पताल आवातजावत लगायतका दैनिक जनजिवनलाई सरल बनाउन यहाँका उपभोक्ताहरु सडक यातायातमा निर्भर हुने गर्छन ।
अक्सर जिल्लामा सडकका कारण हिउँदमा मात्रै राम्ररी बस सेवा सञ्चालन हुने गरेको पाईन्छ । बर्षातमा ब्यावसायिहरु दादागिरी देखाउदै बिना सेड्युल,मनपरी भाडा असुल्दै मुढेदेखी बस,कारागारबाट जिपजस्ता हल्का प्रकारका एकादुई सवारी साधनहरु चलाउने गर्छन । गएको बर्ष ०७२ फागुण १९ गते ड्राईभरको लार्पावाहीका कारण खाल्डाखुल्डी बाटोमा जर्वजस्ती बस चलाउँदा जालपा–१ का शान्ता तामाङको टाउको फुट्यो । दिक्तेलबाट मुढेमा पुग्दा कच्ची सडकको खाल्डाखुल्डी भिरालो बाटोमा आफुले भन्दा,भन्दै ना ३ ख ६,१८६ नम्बरका चालकले गाडी खाल्डोमा कुदाउँदा आफ्नो श्रीमतीको सामान राख्ने र्याकमा ठोकिएर टाउको फुटेको शान्ताका श्रीमान प्रेम पाख्रीनले बताए ।
शेरगण मुढेमा सामान्य उपचारपछि जिल्ला अस्पतालमा दुई दिन लगाएर तामाङ परिवार उपचारका लागी काठमाडौ केएमसी अस्पतालमा पुगे । बस धनीले दिएको ७ हजार लिएर आफ्नो श्रीमतीसँग काठमाडौ पुगेका प्रेम थप्छन धन्न दिमागलाई असर पुगेन रहेछ,हप्तादिनको उपचारपछि शान्ता ठिक भईन । आफ्नै आखा अगाडी श्रीमतीको त्यो घट्नालाई ईंगित गदै उनि भन्छन् “ पर्यटकीय संम्भावना रहेको खोटाङ्गमा सडक दुर्घट्नाकै कारण आन्तरिक तथा बाह्य पर्यटक नआउने,शतप्रतिशत सवारी दुर्घट्ना ड्राईभरहरुको दादागिरीले,सडकबाटो खाए खा नखाए मर भएकोे तामाङ्गले जिकिर गरे ।
गएको अन्तिम बर्ष तथा अन्तिम दिन चैत्र ३० गते हलेसीस्थित बर्खेटार बस दुर्घटनामा २५ जनाको मृत्यु भयो । सडक बिभागले बाटो फराकिलो पार्ने भन्दै बिच बाटोमै असरल्ल ढुङगा थुपारिदिंदा चालकले बाटो मोडेर जानुभन्दा माटो थुपारिएको ढिस्को भत्केपछि बस सडकबाट डेढ सय मिटर तल खशेको थियो । गएको असार १८ गते राती परेको पानिले दिक्तेल नगरपालिका अन्र्तगत मुढे सडकखण्डस्थित दिखुवा खोला नजिक बाटोमाथीबाट दश मिटरभन्दा लामो पहिरो तथा लेदो खस्दा भोलीपल्ट बिहान पैदल यात्रुलाई मात्र दुईघण्टा बाटो बन्द भयो । स्काईभेटरको अथक प्रयासले केही बाटोको नमुना भएपछि पैदल यात्रु झण्डै ६ मिटर खाली खुट्टाले दलदले हिलोमा हातमा जुत्ता,चप्पल बोकेर वारीपारी गरे ।
राष्ट्रको सम्पत्ती सडकजस्तो कुरा हिलाम्मे खेतजस्तै हुनु सडकबाहेक पैदल यात्रुलाई बैकल्पिक बाटो नहुनाले बस,ट्रक,जिप र ट्याक्टरले बक्रोल्ती बिगारेको बाटोमा पैदल यात्रुहरु ठुलो जोखिम मोलेर हिड्न बाध्य छन् । “हिलाम्मे बाटोमा खाली खुट्टा हिड्ने पैदल यात्रुको खुट्टामा पहिरोले झारेको सिसा,काडा बिजेको भए ? तत्काल त्यही बेला कहाँ उपचार गर्ने हिड्नलाई बाटो खेतजस्तो हुन्छ त्यही बिग्रिरहेको सडकमा अझै गाडी ट्याक्टर कुदाईदिँदा हिड्नलाई अत्यन्तै सकश भएको एकजना पैदल यात्रुले बताए । जिल्लाबासी सयौ सुबिधावाट बञ्चित हुनुपनि सडक हो,सडक फराकिलो तथा पक्की बनाउने भनि सडक बिभागले टेण्डर पारेको बर्ष बित्दा भर्खरै जताततै सडकको भित्ता कटिङ गर्दा अहिले पनि पहिरो तथा ढिस्को झर्ने समस्या जस्ताको त्यस्तै छ ।
यात्रुहरुलाई यातायातमा सुबिधा दिने भनि स्थापना भएको यातायात ब्यावसायी संघभने देखेपनि नदेखेझै गरी पैदल यात्रुलाई शास्तीमाथी शास्ती दिईरहेका छन् । सडक बिभागको ढिलासुस्ती तथा बर्षाले जिर्ण बनाएको बाटोमा जर्बजस्ती ट्याक्टर,ट्रक कुदाउनु दिएर बिरामी बोकेर हिडेका र पैदल यात्रुलाई तपाईहरुले पिडामाथी पिडा दिईरहनु भएको हो भन्ने सन्दर्भमा खोटाङ यातायात ब्यावसायी संघका महासचिब राजुमार राई भन्छन् ,खाधन्न तथा दैनिकरुपमा आवाश्यक पर्ने कुरा जिल्लामा ल्याउनुपर्ने हुंदा ट्याक्टर तथा ट्रक रोक्न सकिन्दैन,सडक निर्माणमा ठेकेदारका ढिलासुस्ती,जिल्लामा रहेका राजनितिक दल र प्रशासनले ताकेता नगर्दा सडकको यस्तो हालत भएको हो । टेण्डर परिसकेको सडकमा ब्यावसायीले लगानी गर्न पनि नसकेकाले समस्या जटिल भनेको उहाँको भनाई छ ।
जिल्लामा बिकाससँगै बिनासको संख्या बढ्दै गईरहेकोे छ । मानविय तथा प्राकृतिक बिनाश सडकले नै बनाईरहेको छ । ठेकेदारले सडक फराकिलो पार्ने भनि सडकभरी यत्रतत्र माटो,ढुङगा थुपारेका कारण जिल्लाका पश्चिमी गाविसका स्थानियहरुलाई दुईखुट्टाले हिड्न भन्दा स्ट्रेचरमा बिरामी बोकेर जिल्ला अस्पताल लान जटिल समस्या भएको छ । पुर्बी पहाडी जिल्लामा आवातजावत गर्ने मुख्य नाकामा कुनै ठाँउमा भैसी आहाल खोल्छन् कही हाँस पौडी खोलिरहेका हुन्छन् । मान्छे हिड्नसम्म शकस हुँदा सर्बसाधरणको शास्तीप्रती जिल्ला प्रशासन कार्यलय के गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले भने,सडक बिभागलाई हामीले बारम्बार ताकेता गरिरहेका छौ,बर्षाका कारण कतीपय ठाउँमा बाटो बनाउछन् भत्किन्छ । प्रशासन सुतेर बस्दैन,बस्ने पनि छैन जतिसक्दो सबै मिलेर बाटो बनाउन सबै लाग्नुपर्ने र मिडियाले पनि घचघचाउनुपर्ने उहाँको भनाई थियो ।
जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स भएपनी खाशमा प्रभावकारी सुविधा नदिएको कारण अहिले सदरमुकामभन्दा टाढाका बिरामीलाई जिल्ला अस्पताल लान,फर्काउन पनि सडककै कारण शास्ती छ । गएको असार २९ गते नगरपालिकाको कार्यालयबाट पैदल पाँच मिनेट टाढा रहेको थर्पुटोलमा आगलागी हुंदा सडककै कारण अग्नि नियन्त्रक दमकल घट्नास्थल पुगेन । लैजानेक्रममा अल्छेढुंगा नपुग्दै सडकको हिलोमा भासिएपछि दमकल घटनास्थलमा पुर्याउन नसकिएको हो । नगरपालिकाको कार्यालयबाट हिँडाइएको दमकल अल्छेढुंगामा पुगेपछि हिलोेमा भासिएर अड्किएको थियो । सदरमुकाम भित्रकै बाटो देखेर अड्कल गर्न सकिन्छ कि जिल्लामा सबैभन्दा ठुलो समस्याको मुलजड नै सडक बनेको हो । मध्यपहाडी लोकमार्ग अन्र्तगत दिक्तेल नगरपालिका मुढे सडक खण्डमा पहिरो खसेर बाटो अबरोध भएपछि हातमा जुत्ताचप्पल बोकेर बाटो पार गर्दै पैदल यात्रुहरु ।