खोटाङ्ग अब लोडसेडिङ्ग मुक्त हुने

चिसाङ्ग शेर्पा- भदौ ३१ दिक्तेल,  सातामा ४४ घण्टा,दिनमा ७ घण्टा लोडसेडिङ्ग झेलिरहेका खोटाङ्गका जनताले अब दैनिकरुपमा बत्ती देख्न पाउने छन् । २४ सैं घण्टा उज्यालोमा बस्न दिवासपनामा रमाई रहेका बिधुत उपभोक्ताहरुलाई अब भने ठुलो राहत पुग्ने भएको छ ।

बिगत ०५७ सालदेखी केन्द्रिय प्रसारण लाईन अन्र्तगत लोडसेडिङ्गको मार खेप्दै अध्याँरोमा बस्न बाध्य भएका जिल्लाका विद्युत उपभोक्तालाई मेवाखोला साना जलविद्युत आयोजनाको साप्सु कालिका हाईड्रोपावर कम्पनीले उज्यालो दिने भएको हो । विहिबार सदरमुकाम दिक्तेलमा सार्बजनिक जानकारी गराउदै उक्त  हाईड्रोपावर कम्पनीले हिउद र बर्षातमा एक मेगावट बिधुत प्रबाह गराउने जनाएको छ । खोटाङ्ग जिल्लालाई उर्जासंकट मुक्त बनाउन स्थापना गरिएको हाईड्रोपावर कम्पनीले बढिमा १५ दिनभित्र बिधुत प्रसारण गर्ने भएको छ ।

चारबर्ष अगाडीबाट सुरु भएको साप्सु कालिका हाईड्रोपावर कम्पनीका निर्देशक अर्जुन राईका अनुसार आयोजनाको काम समापनको नजिक रहेको छ । chisang purbeli

१९ करोड भित्र समापन गर्ने लक्ष्य राखिएको योजना प्रतिकुल मौसम,भौगोलिक बिकटता,भिषण बाढीले आयोजनाको जग परिबर्तन गरिदिएपछि २१ करोड ५० लाख लागतमा समापन हुन लागेको हो । साढे ७ करोड शेयर,१४ करोड बैंक लगानी र सानिमा बैकको अगुवाईमा बैंक अफ काठमाण्डुले लगानी गरेको छ । आयोजनास्थल मेवाखोलादेखी केन्द्रिय प्रसारण लाईनको सबस्टेशन रहेको बुईपासम्म ट्रान्समिशन लाईन र अन्य सबै प्राबिधिक काम समापन भएको छ ।

चिनबाट आएका प्राबिधिकले टेस्ट गरेपछि हाईड्रोपावरबाट निश्कासन हुने एक मेगावट बिधुत बुईपामा रहेको शबस्टेशनमा जोडिने भएको हो । जिल्लामा उत्पादित विद्युत जिल्लामै खपत गर्ने उद्देश्यले केन्द्रिय प्रसारणलाईनमा हस्तान्तरण गरि खोटाङ्गमै खपत हुने निर्देशक राईले बताउनु भयो । साना जलबिधुत आयोजनाले नेपाल बिधुत प्राधिकरणलाई हिउदमा ५ रुपैयाँ ८० पैसा र बर्षातमा ४ रुपैयाँ ८० पैसामा विद्युत बिक्री गर्ने जनाएको छ । आफ्नै ठाउमा उत्पादन भएको विद्युतलाई आफैले प्रयोग गर्न पाउने भएपछि १७ बर्षसम्म दैनिक अध्याँरोमा बसिरहेका ३९ गाविसका बिधुत उपभोताहरु हर्षित बनेका छन् । जिल्लामा सञ्चालनमा रहेका दुईवटा सञ्चारका साधन,छापा माध्यम,साना उधोगलाई यसले ठुलो राहत पुग्ने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *