ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्दै खोटाङ्ग प्रहरी

चिसाङ्ग शेर्पा-कार्तिक ६ खोटाङ्ग,नागरिक सुनुवाई तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम खोटाङ्गको नुनथलामा शुक्रवार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय,सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरी दिक्तेलको संयुत आयोजनामा जनचेतनामुलक कार्यक्रम जालपा मावि नुनथलाको सभाहलमा सम्पन्न भएको हो । नुनथला गाविसका स्थानियहरुका लागी नेपाल प्रहरीले प्रधान गर्ने शान्ती,सुरक्षा,बिकास, सभ्य समाज,नागरिक बनाउनलाई प्रहरीको भुमिका तथा ट्राफिक नियमको दायराभित्र सवारी साधन चलाउन आग्रह गर्दै उक्त कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङ्गका प्रहरी नायव उपरिक्ष नविनकिशोर प्रधानको सभापतित्वमा भएको चेतनामुलक कार्यक्रममा विभिन्न वक्ताहरुले नेपाल प्रहरीले सर्बसाधराणलाई दिने सेवा,सुविधाका बारेमा चर्चा गरेका थिए । सामुदायिक सेवा केन्द्र दिक्तेलका अध्यक्ष सनमान खड्काले ‘महिला तथा महिलालाई हुने घरेलु हिंसाले नै समाज असभ्य भएको,त्यसलाई समाधान गर्न प्रहरी नै लाग्नुपर्ने भएकाले सानातिना घट्ना हुन नदिन जनता आफै लाग्नुपर्ने बताउनुभयो ।

महिलाले हरेक कामकाज गर्नुपर्ने पुरुष चाहीं डुलेर हिड्ने प्रबृत्तीलाई समाजवाट निर्मुलन गरी महिला पुरुष समान धारणा भए समाज सभ्य हुने बताए । ‘जनताका लागी नेपाल प्रहरी सधै डटेर लागी परिरहेको र आफु स्वयम जनताको घरदैलोमा पुगी शान्ती सुरक्षाका कुरामा सर्वसाधरणलाई निश्चिन्त बनाउने प्रयासमा जुटिरहेको कार्यक्रमका सभापती तथा खोटाङ्गका डिएसपी नविनकिशोर प्रधानले जानकारी दिए’ ।

सर्बसाधरणका गुनासो सुन्न तथा समाधान गर्न चेतनामुलक कार्यक्रम लिएर नुनथला पुगेका प्रधानलाई त्यहाँका ८ जना स्थानियले लिखित समस्या राखेका थिए । चित्र बहादुर तामाङ्ग,यमकला थुलङ्ग,मनकुमार राई,भगेश्वर राई लगायतले भुकम्प, राहत,सभ्य समाज,सडक निर्माणमा ढिलासुस्ती साथै जयरामघाटमा रहेको पक्की पुलका विषयमा गुनासो गरेका थिए । स्थानियका पिरमर्कालाई सम्बन्धित कार्यलयमा पेश गरि सेवा सुबिधा दिलाउने अपराधी कोहीलाई नछोड्ने डिएसपी प्रधानले स्थानियलाई आस्वशन दिए ।

कार्यक्रमका लागी त्यहाँ पुगेका प्रहरी उपरिक्षक प्रधान, नुनथला प्रहरी चौकी ईन्चार्ज सन्तोष कुमार शाह,सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, पत्रकार चिसाङ्ग शेर्पाले नुनथला चौकी भवन निर्माणका लागी निशुल्क प्राप्त भएको १४ आना जग्गा समेत अवलोकन गरेका थिए । स्थानिय बल बहादुर तामाङ्ग,बम बहादुर तामाङ्गले निशुल्क दिनुभएको जग्गा अवलोकन गरिएको हो । हाल नुनथला प्रहरी चौकीले भाडाको घरबाट कार्यालय सञ्चालन गरिरेको छ ।
कार्यक्रमकै अवसरमा खोटाङ्गमा पछिल्लो समयमा भएका सवारी गतीविधी तथा ट्राफिक नियमका बारेमा स्थानियलाई जानकारी गराइएको थियो । खोटाङ्गका ट्राफिक प्रहरी प्रमुख तेजबहादुर बस्नेतले यात्रु,सवारीधनी तथा चालकलाई ट्राफिक नियममा रहेर सवारीसधान चलाउन तथा चढ्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नुनथला प्रहरी चौकी ईन्चार्ज सन्तोष कुमार शाह,गाविस सचिव नानीमैयाँ आचार्य,रेडक्रस उपशाखा नुनथलाका उपाध्यक्ष दिपककुमार राई,नेकपा माओवादी केन्द्र नुनथलाका प्रतीनिधी भगेश्वर राई,जालपा माविका सहायक प्रअ भवनारायण घिमिरे, महिला सञ्जाल नुनथलाका अध्यक्ष तारादेबी तामाङ्ग,नेकपा एमाले नुनथलाका प्रतीनिधी लालबहादुर तामाङ्ग,नुनथला स्वास्थ्य चौकीका प्रमुख,शिक्षक,बुद्दिजिवी,समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *