विराट हिन्दु सम्मेलनको बन्द सत्रमा कुटाकुट

कार्तिक ५ काठमाडौ, राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा, सहभागीहरुबीच कुटाकुट भएको छ । झडपसँगै भएको कुटाकुटमा एकजना राप्रपा नेपालका कार्यकर्ता घाइते भएका छन् । झडप भए पछि,उल्लेख्य संख्यामा प्रहरी परिचालित गरिएको छ ।

एकजना व्यक्तिले ‘म पनि राजावादी हुँ, म कमल थापाको कार्यकर्ता हुँ भनेपछि विवाद सुरु भएको थियो । आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध नाराबाजी गरेको छ ।

विराट हिन्दु सम्मेलनमा करिब ५०/६० जनामात्रै मानिसहरुको उपस्थिति थियो । पूर्वशाही पाश्वर्ती भरतकेशर सिंहको नेतृत्वमा आयोजना गरिएको तीन दिने अन्तरराष्ट्रिय हिन्दु सम्मेलनको उदघाटन विहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए ।

राजावादीहरुले ज्ञानेन्द्रलाई राजनीतिक मैदानमा उतार्ने प्रयास गरेका थिए । तर, राजावादीहरुको सम्मेलन निराशाजनक एवं विफलजस्तै बन्न पुगेको छ । कार्यक्रम शनिबारसम्म चल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *