ईन्द्र जिजीबिषा-काठमाडौ ३१ चैत्र,गायिका तथा समाजसेवी अन्ना गुरुङ्गले बौदिक अपाङ्ग भएका बालबालिकाहरुलाई भोजन गराएकी छिन् । काठमाडौको जोरपाटीस्थित नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई गायिका तथा समाजसेवी अन्ना गुरुङ्गले जोरपाटीमा रहेको एनएलएन(NLN)फास्टफुडमा लगेर भोजन गराएकी हुन् ।
नयाँ जिवन नेपालमा ३० जना भन्दा धेरै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले खाना खाएको सम्पुर्ण खर्च नयाँ जीवन नेपालको संस्थापक अध्यक्ष एवं संचालक राजन खनाललाई अन्ना गुरुङ्गले एकमुस्ट रकम हस्तान्तरण गरेकी थिईन् ।
उक्त कार्यक्रममा गोल्डेनगेट कलेजबाट इन्टर्न गर्न आएका विद्यार्थीहरुले नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपाङ्ग रहेका बालबालिकाहरुको बारेमा अध्यायन अनुसन्धान र बालबालिकाहरुलाई खाना खान सिकाउनुका साथै खाना खुवाएका थिए । विएसडब्लु (BSW) तेस्रो वर्षमा अध्यायनरत विद्यार्थिहरु अस्मिता बन्जरा,आकाश आचार्य,संजीत केसी र गीता भुजेल उक्त कलेजबाट इन्टर्न गर्न त्यँहा पुगेका थिए ।
नयाँ जीवन नेपालले तिन दर्जन भन्दा बढि बौद्धिक अपाङ्ग रहेका बालबालिकाहरुलाई गाँस,बास,कपासको साथमा संरक्षण गरि रहेको छ । “यो अत्यान्तै जटिल काम हो, किनकी कुन बच्चालाई कतिबेला दिसा आउछ ? कुन बच्चालाई कतिबेला पिसाब लाग्छ ? कति बेला भोक लाग्छ ? हामीलाई पत्तो लगाउनु गाह्रो हुन्छ । तर त्यो अवस्थाका बालबच्चाहरु संस्थामा आएर कुनै कुनै बच्चाहरुले आफै दिसा-पिसाब गर्न सक्ने,आफै खाना खान सक्ने अवस्थामा आईपुगेकोले गर्दा आफूलाई खुशी लागेको” नयाँ जीवन नेपालका संस्थापक अध्यक्ष राजन खनालले सूचना खबरलाई बताए ।