६० किलो सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपतिका छोराको बयान लियो सीआईबी

२० भदौ काठमाडौँ : ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिनेश पुनको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बयान लिएको छ ।

सुन तस्करीमा पुनको सम्पर्कमा रहेको देखिएपछि सिआइबीका एक अधिकृतले पुनलाई सिआइबीको कार्यालयमा बोलाएर उनको बयान लिएको सिआइबीका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनको सोमबार सिआइबीले बयान लियो ।

राजस्व अनुसन्धान विभागले साउन १९ गते ६० केजी ७१६ ग्राम सुन बरामद गरेको थियो । यो सुन हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले तस्करी गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक प्याड भित्र लुकाएर लि. विभागले भदौ ६ गते सिआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो । यस घटनामा हालसम्म २६ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *