४ लाख ४७ हजार रुपैयाँसहित जुवा तास खेलेको आरोपमा पालिका अध्यक्षसहित ७ जना पक्राउ

८ भदौ, काठमाडौँ : बैदाम प्रहरी कार्यालय कास्कीले जुवा तास खेलेको आरोपमा पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष ५८ वर्षका मोहन थकाली, होटल सञ्चालक मुस्ताङ घरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन रहेका छन् ।

डिएसपी जोशीका अनुसार पक्राउ हुनेहरुमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *