३४ ग्यास कम्पनीहरु थपियो

सूचना खबर-मंसिर ५ काठमाडौ, आवश्यकता भन्दा बढि ग्यास कम्पनीहरु भइ दिदा उपभोक्ता मारमा परिरहेको अवस्थामा आयल निगमको प्रमुखले भने गोप्यरुपमा थप ३४ कम्पनीहरुलाई दर्ता अनुमती दिएको छ ।सबै ग्यास कम्पनीहरुलाई गाभेर सबै ग्यास सिलिण्डरको एउटै मूल्य बनाउने आपुर्ती मन्त्रालयको नीति विपरीत पछिल्लो ३ बर्षमा ३४ नयाँ ग्यास कम्पनीहरुलाई दर्ता अनुमती दिइएको हो । थपिएकाहरु मध्ये एक दर्जन जतिलाई नेपाल आयल निगमले संचालनको निम्ति लाइसेन्स दिइसकेको छ भने बाँकी अरु लाइसेन्सको प्रक्रियामा रहेको छ । उक्त लाइसेन्स आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काको एकल निर्णय बाट दिइएको हो । ४ वर्षा अगाडि तत्कालिन आपुर्ती तथा बाणिज्य मंत्री लेखराज भट्टले नयाँ ग्यास कम्पनी आवश्यक नरहेको भन्दै ३६ ग्यास कम्पनीलाई खारेज गरेको थियो । अहिले नेपालमा ५५ कम्पनीको ६८ लाख सिलिन्डरहरु छन् । नेपाल सिलिन्डर,गृह लक्ष्मी र एरोटेक गरेर ३ वटा कम्पनीहरुले नेपालमा सिलिन्डरको उत्पादन गरीरहेको छ । २ हजार देखि,२४ सय रुपैयाँमा खाली सिलिन्डर किनबेच भईरहेको नेपालमा ग्यास भर्न १३,५० रुपैयाँ सामान्यतया तिर्नु पर्छ ।
नयाँ थपिएका ग्यास कम्पनीहरु gas cylinderपाथिभरा ग्यास उद्योग झापा,
तिलौरा कोट ग्यास उद्योग कपिलवस्तु
आदित्य ग्यास उद्योग काठमाडौ
सेवारो ग्यास उद्योग काठमाडौ
बिग ग्यास उद्योग झापा
प्रभु ग्यास उद्योग नवलपरासी
जय श्रीतिरुपती ग्यास उद्योग मोरंग
शिवशक्ति ग्यास उद्योग कंचनपुर
एक्प्रेस ग्यास उद्योग रुपन्देही
सुर्यविनायक ग्यास उद्योग मकवानपुर
भृकुटी ग्यास उद्योग मोरंग
सिद्ध बाबा ग्यास उद्योग चितवन
गणेश ग्यास उद्योग सुनसरी
जेपी ग्यास उद्योग कपिलवस्तु
सन्मि ग्यास उद्योग सुनसरी
नेपाल ग्यास एण्ड पेट्रोलियम कम्पनी काठमाडौ
पन्च कोशी ग्यास उद्योग सुर्खेत
चामुण्डा ग्यास उद्योग धादिंङ्ग
सुप्रिम पेट्रो एण्ड ग्यास उद्योग नवलपरासी
सप्तकोशी ग्यास उद्योग मोरंग
कंचनजंघा ग्यास उद्योग धनुषा
कृष्ण ग्यास उद्योग धनुषा
विराट ग्यास उधोग झापा
कमला माई ग्यास उद्योग सिराहा
श्याम ग्यास उद्योग नवलपरासी
गढि माई ग्यास उद्योग बारा
एशियन ग्यास उद्योग मोरंग
श्री पन्च लक्ष्मी ग्यास उद्योग सुनसरी
किचन रोज ग्यास उद्योग रुपन्देही
रारा ग्यास उद्योग काभ्रेपलाञ्चोक
अम्वे ग्यास उद्योग नवलपरासी
गुरुकुल ग्यास उद्योग धनुषा
विकल्प ग्यास उद्योग रुपन्देही
निलकण्ठ ग्यास उद्योग नवलपरासी रहेको एलपी ग्यास संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *