१९ औँ एसियाली खेलकुद : अहिलेसम्म २२८ पदकको टुंगो, चीन शीर्ष स्थानमा, नेपाल शून्य

९ असोज, काठमाडौँ : चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा विभिन्न देशका खेलाडीले हालसम्म २२८ पदक जितेका छन् ।

तर, नेपालले अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । खेलमा सहभागी ४५ देशमध्ये २५ देशका खेलाडीले पदक जितेका छन् । नेपाललाई उत्कृष्ट प्रदर्शनको खाँचो छ । सोमबारसम्म चीनले ३९ स्वर्ण, २१ रजत र नौ कास्य पदक जितेर विजेताको सूचीमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १० स्वर्ण र रजत र १३ कास्य पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको छ ।

जापान पाँच स्वर्ण, १४ रजत र १४ कास्य पदकसहित तेस्रो स्थानमा छ भने उज्वेकिस्तानले चार स्वर्ण, ६ रजत र कास्य पदक जितेको छ । यसबाहेक हङकङ चीनले तीन स्वर्ण, चार रजत र सात कास्य पदक जित्न सफल भयो। नेपालको प्रदर्शन सुस्त छ जारी एसियाली खेलकुदमा नेपालको प्रदर्शन सुस्त छ । यसले खेलप्रेमीलाई निराश बनाएको छ । सोमबार टेनिसमा सबै नेपाली खेलाडी पराजित भएका छन् । नेपाल चारवटै प्रतियोगितामा पराजित भएको थियो ।

पुरुष एकल विधामा पहिलो चरणको खेल जितेका प्रदीप खड्का जापानी खेलाडीसँग सोझो सेटमा पराजित भए । त्यस्तै एकल पुरुषतर्फ अभिषेक बाँस्तोला हङकङका खेलाडीसँग पराजित भए । महिला युगलमा अविलाशा विष्ट र महिमा राणाको समूह दक्षिण कोरियाली टोलीसँग पराजित भएको छ ।

मिश्रित युगलमा अभिषेक बास्तोला र अविलाशा विष्ट इन्डोनेसियाको टोलीसँग पराजित भए । फेन्सिङ, रग्बी, साइक्लिङ, बास्केटबल, तेक्वान्दो, जुडो र पौडीमा पनि नेपाल पराजित भएको छ । यसैबीच, बक्सिङमा ५१ केजी तौल समूहमा इन्डोनेसियाका खेलाडीलाई ४–१ ले पराजित गरेका रविन थापा प्रि–क्वार्टरफाइनलमा कोरियाली खेलाडीसँग खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *