१४ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध

३१ साउन, काठमाडौँ : धनुषाको लालगढमा १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवानले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राति करिब १० बजे चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको भन्दै बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक ९एसपी० विश्वराज खड्काले आरोपित प्रहरी जवान चौधरीलाई मंगलबार राति नै पक्राउ गरेर हिरासतमा अनुसन्धान गरिरहेको रहेको छ ।

वडा नं। ९ का वडाध्यक्ष सविनविक्रम थापाका अनुसार प्रहरीको ड्रग शाखामा कार्यरत रुपेश चौधरीसहित दुई जना प्रहरी कर्मचारी गाउँ आएका थिए । त्यतिबेला बालिकालाई बोलाएर यौन दुर्व्यवहार गरेको र स्थानीय वासिन्दाले आरोपी जवानलाई संरक्षण नगर्न खबरदारी गर्दै मिथिला नगरपालिका(९ ललागढस्थित प्रहरीचौकी घेराउ र पूर्वपश्चिम राजमार्ग अवरुद्ध पौने १२ बजेदेखि स्थानीयले अवरुद्ध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *