१२ लाख मतदाता थपिए

विचारी चाम्लिङ्ग / काठमाडौ ५ भदौ- नुवाकोट जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा मतदाता नामावली संकलन एवं अद्यावधिक गर्नका लागी सुरुमा अत्यधिक भिडभाड भएपनि हाल आएर उक्त भिड न्यून रहेको थियो ।

मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १६ गते बाट सुरु भएर भदौ ३ गते सम्म गरिएको थियो ।नुवाकोट जिल्लाको ककनी गाउँ पालिपालिका अन्तर्गत मतदाता नामावली दर्ता गर्नेहरुको संख्या १७४२ जना र बाहिरको २२ जना गरी कुल १७६४ जनाले छुट मतदाता नामावली दर्ता गराएका कुरा सूचना खबरलाई ककनी गाउँ पालिकाका सामाजिक परिचालक राजकुमार लामाले बताए ।

आउदै गरेको प्रदेश र संघको निर्वाचनको लागि निर्वाचन आयोगले नामावली संकलन र अद्यावधिक गर्न परिपत्र गरेपछि आयोगले यो कार्यको थालनी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *