हेटौंडा अस्पतालका ७९ चिकित्सकले मेडिकल सुपरिटेन्डेन्टलाई सामूहिक राजीनामा बुझाए

२९ भदौ, काठमाडौँ : हेटौंडा अस्पतालका ७९ चिकित्सकले सामूहिक राजीनामा पत्र तयार पारेका छन् ।

हेटौंडा अस्पतालका विभिन्न विभागमा कार्यरत विशेषज्ञ र चिकित्सा अधिकृतले सामूहिक रूपमा राजीनामा पत्र तयार पारेका छन् । चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै ७९ चिकित्सकले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटालाई बुझाएका हुन् ।

सुरक्षाको ग्यारेन्टी नभएकाले उपचार सेवा दिन नसक्ने कारण पत्रमा उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए । उनका अनुसार अस्पताल भित्र पसेर ड्युटीमा रहेका चिकित्सकमाथि आक्रमण गर्नेलाई प्रहरी प्रशासनले देखाएको अनास्थाका कारण उनीहरुले सामूहिक राजीनामा दिन बाध्य भएका हुन् ।

अहिलेसम्म प्रमुख जिल्ला अधिकारीलाई पत्र नपठाएको मेडिकल सुपरिटेन्डेन्ट सापकोटाले बताए । उनले समय र परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीलाई राजीनामा पत्र बुझाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *