हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ।

संसदीय सुनुवाइ समितिले आजसम्म प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन भनेको थियो। निर्धारित समयभित्र २९ वटा उजुरी प्राप्त भएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ ।

५ वटा इमेलबाट बाँकी व्यक्ति स्वयम उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएका हुन्। उजुरीकर्ताहरुमा ६ जना कानुन व्यावसायी छन्। बहालवाला न्यायाधीशले समेत कार्कीविरुद्ध उजुरी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *