हजारका नेपाली नयाँ नोट छापेर चीनले नेपाल पठायो

माघ ५ काठमाडौं, चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पहिलोपटक १ हजारका नेपाली नयाँ नोट छापेर नेपाल पठाएको छ ।
यो नोटहरु चीनको पूर्वी तटस्थित नाचाङ-ज्याङ्सी प्रान्त हुँदै नेपाल भित्रिने चरणमा रहेका छन् । अगष्टमा खुलेको नोट छपाइ टेन्डरमा ब्रिटिस तथा फ्रेन्च कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले टेन्डर हात पारेको थियो ।

२० करोड रुपैयाँ बराबरको १ हजारका नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिङ कर्पोरेसनले यसअघि १ सयको नोट छापिसेकेको छ ।

यो कम्पनीले २० करोड ६० लाख बराबरको ५ रुपैयाँको नोट छाप्ने पनि टेन्डर पाएको राष्ट्र सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

नेपाली नोट छापेको चाइना बैंकनोट प्रिन्टिंग एण्ड मिन्टिङ कर्पोरेसनले चिनियाँ मुद्रा पनि छाप्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *