स्नेहा वाल गृहको सहयोगार्थ स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौ १२ भदौ- स्नेहा वाल गृहको सहयोगार्थ स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम भदौ ११ गते सम्पन्न भएको छ । सिमा चाम्लिङ्ग राईको आयोजनामा सम्पन्न कार्यक्रममा सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्न्यातको प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा “रजनी” नामक डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा गायिका कुन्ती मोक्तान, पार्वती राई, ममता राई,दिपर्सन राना,प्रमोद निर्वाण,गौरव पहाडी,शिव बिक,सुरेन्द्र केसी (मुलाको साग) सुरवीर पण्डित (दारी बुढो) धनीराम राई, विकास संगम राई लगायत अन्यको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा मिसेस मंगोल सोनाम थुलुङ्ग राई ,मिस राई सेकेण्ड रनर अप अश्मिता राई र शिव बिकको ग्रुप डान्स पनि रहेको थियो । ग्रुप डान्समा भने, शिव बिक कोरियोग्राफर रहेका थिए

स्रष्टा समान तथा सांस्कृतिक कार्यक्रम पश्चात कार्यक्रम संयोजकले स्नेह वाल गृहलाई रु २०,००० सहयोग स्वरुप प्रदान गरेकी थिईन् भने कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संचालन दिनेस डिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *