सेनाको संख्या घटाउने प्रस्तावप्रति वामदेव गौतमको आपत्ति

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर उनले सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सैनिक अझै थप्नुपर्ने प्रस्तावसमेत गरे।

त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीरसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *