सेनाको जहाज दुर्घटना ग्रस्त

बाजुरा १६ जेठ- बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको जहाज स्काई ट्रक NA-०४८ दुर्घटनाग्रस्त भएको छ । सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ कार्गो लिएर गएको जहाज खराब मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनाका क्रममा जहाजमा आगलागी भएको छ। दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको निधन भएको छ, नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिला गम्भीर घाइते भएका छन् भने अरु तिन जना सामान्य घाइते भएका छन् । आगो नेपाली सेना र नेपाल प्रहरीले निभाएको छ। कार्गो लिएर गएको जहाज आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको हो।

खाद्य संस्थानको खाद्यान्न बोकेर हुम्लाको सिमकोट गएको विमान खराब मौसमका कारण हुम्ला जान नसकी कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा धावनमार्गबाट ५० मिटर बाहिर दुर्घटनाग्रस्त भएको हो । जहाजमा ५ जना चालक दलका सदस्यहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *