सुशीला राईको संयोजकत्वमा समीको रुख संरक्षण समिति गठन

खोटाङ्ग, २ माघ – जननायक राप्रप्रसाद राईले खोटाङमा रोपेको समिको रुख संरक्षण गर्न सुशीला राईको संयोजकत्वमा ‘जननायक राम प्रसाद राई स्मृति पार्क’ निर्माण समिति गठन गरेको छ ।

राम प्रसाद राईले खोटाङ जिल्लामा रोपेको उक्त रुख जीर्ण बन्दै गएकोले संरक्षणका लागि किराँत राई विद्यार्थी सङ्घको केन्द्रीय सचिवालय बैठकले सङ्घको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सुशीला राईको अध्यक्षतामा नौ सदस्यीय जननायक राम प्रसाद राई स्मृति पार्क निर्माण समिति गठन गरेको हो ।

सुशीला राईको संयोजकत्वमा गठन भएको उक्त समितिमा सचिवालय सदस्य तथा केन्द्रीय सचिवालय सदस्यद्धय दिपेन राई र पुर्णशेर राई, केन्द्रीय सदस्य सपना राई, दीपक राई, अनिल राई, र हिमाल राई रहेका छन् । दिपेन राई र सपना राई खोटाङ जिल्लाका जनप्रतिनिधि समेत हुन् ।

यस्तै संघले स्मृति पार्क निर्माणका लागी खोटाङको प्रतिनिधिसभाका सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई, किराया खोटाङका अध्यक्ष अन्जना राई, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, वडा नं ७ का अध्यक्ष शिवप्रसाद फुयाँल, वडा नं ५ अध्यक्ष किरण राई रहेको समिति गठन गरेको छ ।

यसैगरी समितिमा किराया पूर्व सचिव इन्द्र नार्थुङगे, खोटेहाङको वडा नं. ६ अध्यक्ष देवेन्द्र राई, अध्यक्ष वडा नं. ३ का राजकुमार राई, वडा नं. ९ का गोपीचन्द्र राई, वडा नं. ४ का कृतन राई, वडा नं. ८ चन्द्रबहादुर थापा र खडकबहादुर कार्की रहेका छन् ।

रुख भएको स्थानमा जननायक रामप्रसाद राईको सम्मान र सम्झनामा रामप्रसाद राई स्मृति पार्क निर्माण गरी पार्कको ढाँचा अनुसार समीको रुखको वरिपरि पर्खाल बनाइने संघको केन्द्रीय अध्यक्ष विर्सिका राईले बताएकी छन् । उनले रुखको वरिपरि माटो झरी सकेको र ढल्न लागेको अवस्थामा रहेकोले वरिपरिबाट पर्खाल लगाउन लागिएको उनले बताइन् । पार्कभित्र प्रतिक्षालय, दृश्यावालोकन स्थान र राईको सालिक समेत निर्माण गरिने भएको छ ।

२००७ सालको प्रजातन्त्र स्थापनार्थ पूर्वी पहाडमा सङ्घर्षरत मुक्तिसेनाका कमान्डर तथा सिंहदरबार विद्रोहका नायक रहेको राईले खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिको वडा नं. ७ को खोटाङ बजारमा उक्त समीको बिरुवा रोपेका थिए । (तिब्र समाचारबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *